सामाचार :
राष्ट्रपति गोल्ड कप - २०७५ शुरु !
मिति २०७५/०६/२६ गते देखि "राष्ट्रपति गोल्ड कप - २०७५" फुटबल खेल शुरु भएको छ | यस आदर्श कोतवाल गाउँपालिका स्थित श्री राम चरित्र उच्च. मा. वि. चिउँटाहाको प्रांगणमा गाउँपालिका अध्यक्ष म. मुस्तुफा अंसारी र उपाध्यक्ष श्री पुनम देवी साह द्वारा यो फुटबल खेल प्रतियोगिताको उद्घाटन गरियो |
यो राष्ट्रपति गोल्ड कप - २०७५ फुटबल प्रतियोगितामा नेपाल लगायत इंडियाका विभिन्न ठाउँहरुबाट टिमहरु सहभागी भएका छन् | प्रतियोगिताको विजयी टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ | यस राष्ट्रपति गोल्ड कपमा आदर्श कोतवाल गाउँपालिकाको सहयोग रहेको छ |