FAQs Complain Problems

सामाचार :

गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी द्वारा दुर्गा भगवती मन्दिरको शिलान्यास |

आज मिति २०७५/०६/०१ गतेका दिन बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, चिउँटाहा परिसर भित्र आदर्श कोतवाल गाउँपालिकाको लगानीमा दुर्गा भगवतीको मन्दिरको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अंसारी ज्यू द्वारा शिलान्यास गरिएको छ । उक्त दुर्गा भगवतीको मन्दिरको कूल अनुमानित लागत रु. १० लाखमा निर्माण सम्पन्न हुने गरि काम अगाडी बढाईएको छ । 

शिलान्यास कार्यक्रममा आदर्श कोतवाल गा.पा. का प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद आचार्य, सूचना अधिकारी महेन्द्र प्रसाद कुशवाहा, वडा अध्यक्षहरु राजेन्द्र पटेल, धर्मेन्द्र यादव, शेख जवाहिर, कार्यपालिका सदस्य अशोक बैठा धोबी, इलाका प्रहरी महेन्द्र आदर्श, चिउँटाहाका कार्यालय प्रमुख अशोक कुमार कुर्मी, युवा नेता लालबहादुर साह, पण्डित नागेश्वर झा, शिक्षक जय प्रकाश लाल दास कर्ण, शियाराम तथा स्थानीय जनताहरुको उपस्थिति रहेका थिए । 

आर्थिक वर्ष: