FAQs Complain Problems

सामाचार :

"बेटी पढाउँ, बेटी बचाउँ कार्यक्रम" अन्तर्गत कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण कार्यक्रम सम्पन्न ।

आज मिति २०७६ पौष १ गते यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरुलाई मुख्यमंत्री बेटी पढाउँ, बेटी बचाउँ कार्यक्रम अभियानमा प्रदेश नं. २ बाट १३३ थान र यस आदर्श कोतवाल गाउँपालिका बाट २१० थान गरि जम्मा ३४३ थान लेडिज साइकल वितरण गरियो । यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश २ का सभामुख श्री सरोज कुमार यादवज्यु तथा यस कार्यक्रमको अध्यक्षतामा यस गाउँपालिकाका अध्यक्ष श्री मुस्तुफा अंसारीज्यु रहनु भएको थियो ।
आजको यस कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री पुनम देवी साह, सम्पुर्ण वडाका वडा अध्यक्षज्युहरु, जिल्लाबाट आएका प्रतिनिधिहरु, राजनितिक दलका नेताहरु, शिक्षक वर्ग, पत्रकार साथिहरु, सुरक्षा कर्मीहरु, कर्मचारीहरु, आदर्श कोतवाल गाउँपालिका बासीहरु, तथा विद्यार्थी भाइ बहिनिहरुका उपस्थिति रहेका थिए ।

आर्थिक वर्ष: